Rumpum Advertisement

यी लक्षण मात्र देखिए संक्रमितका लागि रिकभरीको राम्रो संकेत हुन सक्ने

Neuro
यी लक्षण मात्र देखिए संक्रमितका लागि रिकभरीको राम्रो संकेत हुन सक्ने

विराटनगर, ९ मंसिर । कोभिडका कारणले संक्रमण सुरु भएको ५ देखि १० दिनबीच यसले निम्त्याउने जटिलता र गम्भीरताका संकेत हेर्नु महत्वपूर्ण हुन्छ ।

कोभिडले फोक्सोलगायत शरीरको महत्वपूर्ण अंगहरूमा क्षति पु¥याउने हुँदा सास फेर्दा गाह्रो हुने, छाती दुख्ने, अक्सिजनको अभाव, भारीपन र सासको कमी जस्ता श्वासप्रश्वासका जटिलता भाइरसको लक्षण हो । धेरैजसो अवस्थामा कोभिड बिरामीलाई भेन्टिलेटरको पनि सहयोग आवश्यक पर्छ । पहिले नै फोक्सो समस्या भएका बिरामीलाई श्वासप्रश्वासको समस्या थप घातक हुन सक्छ ।

तर, संक्रमणको हल्कारूपमा पीडित संक्रमितले सुरुको हप्तामा नै रिकभरीको संकेत देखाउन थाल्छन् । घाँटी दुख्ने, खोकी वा गन्ध हराउने जस्ता संक्रमणको एकदमै हल्का संकेत हुन सक्छन् । गन्ध र स्वादको क्षति मात्र लक्षण देखिएर उच्च तापक्रम वा संक्रमणका अन्य लक्षण नदेखिएमा स्वस्थ र तुलनात्मकरूपमा छिटो निको हुने संकेत हुने बताइएको छ ।

गन्ध र स्वाद हराउनु कोभिडका बिरामीका लागि सकारात्मक रिकभरीको सूचक हुन सक्ने एक अध्ययनले समेत देखाएको छ । श्वासप्रश्वास र अन्य घातक संकेतबाट बचाउन सक्ने हुँदा गन्ध वा स्वादको क्षति अनुभव गर्दै, भोक कम हुनु संक्रमणको राम्रो संकेत हुन सक्ने धेरै विज्ञहरू विश्वास गर्छन् । तथ्यांकका अनुसार लगभग ४० प्रतिशत संक्रमितले गन्ध र स्वाद गुमाएको अनुभव गर्छन् । केही केसमा यसले इन्द्रीयलाई पूरै असर गर्न सक्छ । केही व्यक्तिमा गन्ध परिवर्तनको भावना अधिक शक्तिशाली हुन सक्छ, जसले सामान्य सुगन्ध र खानाको स्वादलाई बदल्न सक्छ ।

यदि यो केही समयका लागि जारी रह्यो भने, खानाको स्वाद परिवर्तनका कारण यसले व्यक्तिलाई खान मन नलाग्ने, पोषणमा कमी हुने र भोक गुम्ने समस्या हुन सक्छ । धेरै चिकित्सकका अनुसार गन्ध र स्वाद हराएको, पेटसम्बन्धी लक्षण, पखाला भएका संक्रमित कोभिडको एक हल्का रूपबाट मात्र पीडित हुन सक्छन् । एक हप्तादेखि एक महिनाभित्र यी संकेत हराउँदै जाने हुन्छ ।

गन्ध र स्वादको क्षति मात्र भए कोभिड नै हो कि भनेर छुट्याउन गाह्रो हुन सक्छ । केही हदसम्म फ्लू, साइनस र नाक बन्द हुँदा पनि गन्ध र स्वादको क्षति हुन सक्छ । कोभिडको शंका भएमा वा कुनै पनि सम्भाव्यरूपमा भाइरसको सम्पर्कमा आएमा अचानक गन्ध बिग्रेको भावना, पेटसम्बन्धी समस्या, झाडापखाला, नाक बन्द हुने जस्ता लक्षण छ कि छैन भनेर हेर्नुपर्छ । यदि यीमध्ये कुनै लक्षण तीन दिनभन्दा बढी देखापरिरहे कोभिडको टेस्ट गराउनु पर्छ ।