birat ribon

कोरोना हारेको त्यो शक्तिशाली देश !

नेपाल त्यस्तो देश हो जसले जनताको उपचारविनै मुर्ख्याइँ र धुर्त्र्याइँले कोरोनालाई जित्ने बल मिच्याइँ गर्‍यो

Neuro
कोरोना हारेको त्यो शक्तिशाली देश !नेपाल त्यस्तो देश हो जसले जनताको उपचारविनै मुर्ख्याइँ र धुर्त्र्याइँले कोरोनालाई जित्ने बल मिच्याइँ गर्‍यो
गीता दहाल

संसारमा अहिले करिब २१० वटा जति देशहरू अस्तित्वमा छन् । समयको गति र अगतिअनुसार देशको संख्या घटबढ भइरहन्छन् । युद्धबाट देशहरू टुक्रनु र जोडिनु कुनै नौलो कुरा होइन । सबै देशहरू उत्रै र उस्तै छैनन् । कुनै ठूला र कुनै साना देशहरू अस्तित्वमा रहेका छन् । ठूला देशले साना देशलाई विभिन्न हिसाबमा चेप्ने, हेप्ने र दपेट्ने काम विगतमा पनि हुन्थ्यो, आज पनि भइरहेको छ र भोलि पनि हुन्छ ।

संसारमा रोग, भोक र शोकको कहिले अन्त्य हुँदैन । यी तीनवटै वस्तुका सार्थकतामा मात्र जीवन खोजिन्छ । यिनीहरूका बीचैबीचबाट कैयौँ आविष्कार भएका छन् । जहाँ गाह्रो साँघुरो हुन्छ त्यही जीवन मौलाउँछ । सजिलो पारामा न खोज हुन्छ न अनुसन्धान । मानिसहरूलाई रोगले दिएका च्यालेन्जमै वैज्ञानिकहरू रौसिन्छन् । मृत्युको मुखको डरमै आविष्कारका अनेक कार्य हुन्छन् ।

cura insider

औषधिको प्रयोग नै नभई कुनै देशमा कोरोना पराजित भयो भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ? झट्ट सुन्दा यो अचम्म समाचार हो । जोकोहीलाई यस्तो समाचारमा विश्वासै लाग्दैन । संसारमा यस्ता देश पनि छन् जहाँ औषधिविना कोरोना पराजित हुन्छन् भन्ने कुरा सुनाउन पाउँदा हामीलाई विशेष सुखानुभूति भएको छ । अहिले हामी नेपाली यही कुराको अभ्यासमा लागेका छौं । हाम्रो इम्युनिटी पावर दह्रो भएको कुरा संसदमा प्रधानमन्त्रीले समेत सगौरव भनिदिए । ‘यो कोरोना–सोरोना भनेको त्यति ठूलो रोग होइन । नेपालमा कोरोनाका कारण ३ जनाभन्दा बढी मानिस मरेकै छैनन् । (ओलीले सो कुरा भन्दा १९ जना मानिस मरेका थिए तर उनले ३ जनालाई मात्र कोरोनाबाट मरेको भने । बाँकीका हकमा उनले कोरोनाले मरेका होइनन् भनेर जिद्दी गरे ।) कोरोनालाई बेसारबेसार खाएर दिनको ३/४ पटक हाच्छ्यूँ गर्दा रोग निको भैहाल्छ ।’

यसरी उनले एकातिरबाट कोरोनालाई मिनिमाइज गर्ने काम गरे भने अर्कोतिरबाट चाहिँ कोरोना कोषमा स्थानीय, प्रदेश र केन्द्र सरकारको १० अरब रूपैयाँ खर्च भएको कुरा गरे । आरडीटी टेस्टले कोरोना परीक्षण नगर्ने तर पीसीआर टेस्टमा सरकार पछिपछि सर्ने भएपछि माइतीघर मण्डला र बालुवाटारमा विभिन्न माग नै राखी ‘इनफ इज इनफ’ ग्रुपको आन्दोलन भयो । सो आन्दोलनलाई सरकारले सुन्न चाहेन तर ओलीले आन्दोलनका अभियन्तालाई अस्पतालमै गएर भेटे । सरकारको रवैया हेर्दा ऊ यो वा त्यो बहानामा जनतालाई आफैं रोगको उपचार गर भनेर आफूले नसक्ने भनी हात उठाइसक्या छ ।

जिम्मेवारी बोध गर्ने र अझ गरिबमुखी सरकार भएको भए यस्तो रवैया अपनाउने नै थिएन । जनताका दुःख सुखमा साथ दिने वाचाका साथ सत्तारोहण गरेको डबल नेकपाको सरकारले अझ क्रूरतापूर्वक स्वास्थ्य सामग्री खरिदमा उलङ्घन गरेको सार्वजनिक खरिद नियमावलीको नियमलाई जनताले निम्न सोचको क्रूर कार्यका रुपमा लिएका छन् ।

‘अहिले बाँचे बाँच, मरे मर’ भन्ने छिचरो सरकारले अबका पाँच वर्षमा चुनावमा जनताका घर दैलामा जाँदा कसरी कुन मुख देखाएर जाने ? ती बेलामा जनताले गर्ने बाङ्गाटेडा प्रश्नलाई कसरी जवाफ दिने भन्ने सूर कसैले गरेको देखिएन । प्रधानमन्त्रीको त के कुरा उनी डाँडामाथिका घाम हुन् । चन्द दिनोका मेहमान भनेझैँ उनले बोलेका कुरालाई उनले जिम्मेवारी लिनु पर्दैन । बाँकी बचेखुचेका मन्त्री र नेताहरूका थाप्लामा ‘आयो निदुली तेरो काल’ भनेझैँ समस्या आउँन सक्छ ।

यो समय र सन्दर्भले लोक कथाको एउटा सन्दर्भलाई सम्झाएको छ– ‘दुईटी आमा छोरी रहेछन् रे ! आमा बूढी र छोरीचाहिँ तरुनी । छोरीको सोच आमा मरिहाल्छिन् । म पोइला गैहाल्छु । सबैले खेतीपातीको काम गरे । ती आमा छोरीले खेतीपाती लगाएनन् । छोरीले चाहेकी भए लगाउन सक्थिनँ । आमाको त के कुरा उनी बूढी भएकी थिइन् ? ती दुईको धान रोप्ने खेत थिएन । मकै, कोदो र तोरी लगाउने बारी थियो ।

रहँदाबस्दा आमा मरिनन् । छोरी पनि पोइला जान पाइनन् । खेती लगाउने समय बितिसकेको थियो । निराश भएर एक दिन छोरी आफ्नो टिपिसकेको कोदो बारीमा गएर कोदाको ठुटा नललाई गोड्न थालिन् । त्यो देखेर जोरीपारीले उडाए, हँसाए । उनले दिक्क मानेर भनिन रे– ‘के गर्नु ? आमा मरिनन् । म पनि पोइला जान पाइन । ‘नल गोडे फल लाग्छ’ कि भनेर कोदाको नल गोड्न आएकी ।’ निनानसेकमा नेकपा डबलको हालत र हविगत पनि यस्तै नहोला भन्न सकिन्नँ ।

संसारमा कति देश होलान् कोरोना कहरलाई सजिलै परास्त गर्ने ? तर नेपालचाहिँ त्यस्तो देश हो जसले जनताको उपचारविनै मुख्र्याइँ र धूत्र्याइँले कोरोनालाई जित्ने बल मिच्याइँ गर्‍यो । मूढे वलमा गरेको यो जिद्दीले देशलाई कहाँ पुर्‍याउँछ आगे हेर्न बाँकी छ । आगे आगे देखो होता है क्या ?

jackson ribon