birat ribon

मध्यरातमा चिताबाटै उठाइयो शव

Neuro
मध्यरातमा चिताबाटै उठाइयो शव

विराटनगर, ९ मंसिर । नोबेल मेडिकल कलेजमा मृत्यु भएका एक पुरुषको शव चिताबाट उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

टाउकोको शल्यक्रियाका क्रममा मृत्यु भएका केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको पेटमा पाँच टाँका लगाएको भेटिएपछि आफन्तले चिताबाट शव उठाएर पोष्टमार्टमका लागि लगेका हुन् ।

cura insider

अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा अस्पताल भनाए गराएका थिए । शुक्रबार टाउकोको शल्यक्रिया गरेका उनको शनिबार मृत्यु भएको थियो । तर अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिने भन्दै रोकेर राख्यो । स्थानीयले पुनः चन्दा उठाएर सोमबार साँझ मृतकको शव बुझे ।

राति करिब ८ बजे चितामा राखेर आगो लगाउन अघि कपडा खोल्दा पेटमा प्वाल देखिएको थियो । नाइटो नजिकै पेटमा पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले शवको अन्त्येष्टि गर्न मानेनन् र राति १२ बजे चिताबाट उठाएर पोष्टमार्टमका लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको नेकपा केराबारी गाउँपालिकाका नेता राम कार्कीले जानकारी दिए ।

स्थानीयले शंका गर्दै पोष्टमार्टम गर्नुपर्ने बताएपछि राति नै शव अस्पतालसम्म पुर्‍याइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । ‘उहाँहरुले पोष्टमार्टम गर्नुपर्ने बताएपछि हामीले समन्वय गरिदिएका थियौं,’ उनले भने ।

घटना शंकास्पद भएकाले पोष्टमार्टमका लागि पठाइएको नेकपा नेता कार्कीले बताए । ‘चितामा राखेर कपडा खोल्दा पेटमा पट्टी लगाएको देखियो । खोलेर हेर्दा पाँच टाँका लगाएको रहेछ,’ उनले भने, ‘शल्यक्रिया टाउकोको गरेको हो । पेटमा चिरिएका कारण पोष्टमार्टम गर्न पठाएका छौं ।’

केही दिनअघि नोबेलमा भर्ना भएका बिक्कीको शुक्रबार टाउकोको शुल्यक्रिया भएको थियो । शल्यक्रिया असफल भएपछि शनिबार उनको मृत्यु भयो । मृत्युपछि छिमेकीले शव दिन अस्पताललाई आग्रह गरे । तर अस्पतालले छुट नदिने भन्दै मृतकको शव लैजान दिएन । आइतबार शव लिन आएका छिमेकीलाई शव नदिएपछि रित्तो हात फर्किएको उनले बताए । सोमबार साँझ शव बुझेका थिए ।

बिक्कीको टाउकोको शल्यक्रियाका लागि एक लाख ८२ हजार दुई सय रुपैयाँ बिल उठेको थियो । सो रमकमध्ये ५८ हजार रुपैयाँ सरकारको विपन्न नागरिक सहायता कोषबाट जुट्यो । ३८ हजार रुपैयाँ चन्दा उठाएर अग्रिम बुझाएका कारण ५५ हजार रुपैयाँ पुगेन् । सोमबार पुन चन्दा संकलन गरेर शव अस्पतालबाट बुझेर लगेका थिए ।

चिकित्सक भन्छन् : पेटमा चिर्नु सामान्य

टाउकोको शल्यक्रिया गर्दा पेटमा चिर्नु सामान्य रहेको चिकित्सकले बताएका छन् । नोबल मेडिकल कलेजका विषेशज्ञ डाक्टर प्रकाश काफ्लेका अनुसार टाउकोबाट पाइप निकालेर नाइटो नजिकै पेटभित्र राखिन्छ । यो प्रक्रियालाई मेडिकल भाषामा ‘भेन्टिक्लो प्लेटेनियमसन्ट’ भनिन्छ । ‘टाउकोको शल्यक्रिया गर्दा पेटमा पाइप राख्न प्वाल पारिन्छ ।’ उनले भने, ‘यो सामान्य प्रकृया हो । टाउकोमा कानछेउबाट पाइप निकालिन्छ र पेटमा नाइटो छेउमा राखिन्छ ।’ टाउकोमा जमेको पानी बाइपास गर्नका लागि पाइपको प्रयोग हुने गरेको उनले बताए ।

jackson ribon

प्रतिक्रिया

  1. भ्रस्ट प्रसासन डा को मनपरी राजनीतिक पहुँच गुन्डा लाई पालन पोषण गरि संचालित हस्पिटल लाई कडा कार्वाही गर्नु पत्रकार को प्रमुख भुमिका रहन्छ

Comments are closed.