birat ribon

कोरोनाका कारण २५ वर्षीय युवाको मृत्यु

Neuro
कोरोनाका कारण २५ वर्षीय युवाको मृत्यु

विराटनगर, ८ मंसिर । कोरोना भाइरस संक्रमणका कारण इलामका २५ वर्षीय युवाको मृत्यु भएको छ ।

इलाम– १ का युवाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राति ९ः३० बजेतिर मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार पीसीआर परीक्षण गराउँदा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

cura insider

कोरोना पुष्टि भएपछि थप उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानले मृतकको शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ ।

jackson ribon