Rumpum Advertisement

नेकपा नेता पाण्डे विरुद्ध कार्यकर्ताको नाराबाजी, छानविन गर्न नेपालको माग

नेकपा नेता पाण्डे विरुद्ध कार्यकर्ताको नाराबाजी, छानविन गर्न नेपालको माग

काठमाडाैं, ६ मंसिर । नेकपा केन्द्रको विवाद जिल्ला तहसम्म पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको विवाद जिल्ला तहमा पुगेको हो ।

शनिबार पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताले नारावाजी गरे ।

राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए । कार्यक्रममा मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि ओली पक्षका नेताले नाराबाजी गरेका थिए । नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।

छानविन गर्न नेता नेपालको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्सना गर्दै छानविन गर्न माग गरेका छन् ।

सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका हुन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ