Rumpum Advertisement
Dazzu

छठको घाटमा एक युवा हतियारसहित पक्राउ

छठको घाटमा एक युवा हतियारसहित पक्राउ

सिरहा, ६ मंसिर । छठ पर्व मनाउन गएका एक युवालाई सिरहा प्रहरीले हतियारसहित पक्राउ गरेको छ । सिरहा औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ बनाउन गएका २२ वर्षीय रविन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय विनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा रविन छठको घाटमा पेस्तोल बोकेर पुगेका थिए ।

छठको घाटमा रविनले पेस्तोल निकालेर विनोदको कन्चटमा ताकेको स्थानीयले देखेपछि प्रहरी चौकी औरहीमा जानकारी गराएका थिए । जानकारी पाएपछि उनलाई तत्काल पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

दासलाई औरही–५ स्थित जगदेवी बाबा पोखरीबाट हतियारसहित पक्राउ गरिएको शर्माले बताए । दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ