birat ribon

घाइते छापामार

Neuro
घाइते छापामार
डा. सन्दर्भ गिरी

कमरेड !
रक्ताम्मे आकाश
आज तल–तल खसेको छ
ढिक्का–ढिक्का जमेर
सूर्यको लालीसँगै फक्रने हाम्रा विश्वास
अब घिनलाग्दा भएका छन्
महिनावारीमा फ्याँकिएका रगतका टालाहरूझैँ
विपना विस्मृतिका फ्रेमहरूमा कैद छन्
यथार्थभन्दा टाढा
रहरहरू जल्दै छन्
मनको चितामा
एकपछि अर्को लस्करै…
त्यसकारण यो लडाई एकाङ्गी भएको छ
बाआमा भन्दाभन्दै टुहुरो भएको छ
सिद्धान्तको भीडमा हराएको छ ।

खै ! कमरेड
आखिर हामी त्यहीँ टुंगिएछौं क्यार !
त्यही फगत सुरुवातमा
हाम्रो भेडा संस्कृतिको
अनुपम उदाहरण
केही छैन
क्रान्ति, शहादत र लोकतन्त्रको फोटो लिएर
गाईजात्रा आइनै रहन्छ
परम्परा आखिर परम्परा हो
तिमीले राँगो ढालेर
पाठपूजा गरेको जस्तै
ग्रहशान्ति गर्दै पार्टी प्रवेश गरेजस्तै
जंगलबाट शहर पसेर
अरबौंपति भएर धनको खेति गरेजस्तै
राजा फ्याँकेर आफैं महाराजा बनेजस्तै ।

cura insider

कमरेड !

अझै बितेका मारकाट र नरसंहारको आहालमा
कालो अनुहार लिएर
शोक र विषादका गीतहरु
बर्बराउँदै रोइरहेको छु
तिम्रा मानसपटलमा के अझै आलै छन् मेरा घाउहरु ?
बेजोड राइफलले गोली हानेजस्तै
तगडा भाषण थोक्थ्यौ यार !
सम्झदा आङ अझै सिरिङ्ग हुन्छ ।

थुइक्क !

मेरो आस्थाको सगरमाथामा राखेको तिम्रो तस्बिरमा
खै म आफ्नै गिदिएको गिदी
क्षतविक्षत हातखुट्टा मात्र देख्छु
क्रान्तिको गीत गाउँदागाउँदा तिमी बुर्जुवा भएको देख्दा
सारा रिसमा नुन खोर्सानी मजाले हालेर
प्रेसरकुकरमा राखेर तिमीमाथि पड्कने निधो गरेको छु ।

होसियार !
होशियार !!
मेरो अनियन्त्रित पागलपनसँग
म अब सबै खाइदिन्छु
सावधान मेरो भोको पेटसँग
तिम्रा जे पनि लुछेर खाइदिन्छु
होसियार !

jackson ribon

प्रतिक्रिया

Comments are closed.