Rumpum Advertisement

मुक्तिनाथ विकास बैंकलाई ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड’

मुक्तिनाथ विकास बैंकलाई ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड’

विराटनगर, ५ मंसिर । मुक्तिनाथ विकास बैंकले ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’ जितेको छ ।

साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नविनतम योजनाका लागि अवार्ड जितेको हो ।

अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” प्रदान गरेको हो । अवार्डका लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए ।

उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक, वेनिन र ईथोपियाको १–१ वटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ ।

मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १ सय ३८ वटा शाखाहरु मध्ये १ सय १८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ