Rumpum Advertisement
Dazzu

कोरोनाले बडी सेप, ट्याँटू, घाँटीको सिक्री तथा धनी-गरिब हेर्दैन : निर्मल शर्मा

कोरोनाले बडी सेप, ट्याँटू, घाँटीको सिक्री तथा धनी-गरिब हेर्दैन : निर्मल शर्मा

विराटनगर, ५ मंसिर । कलाकार, निर्माता, निर्देशक निर्मल शर्माले कोरोना भाइरसले बडी सेप, ट्याँटू, घाँटीमा लगाएको सिक्री तथा धनी-गरिब नहेर्ने हुँदा कोरोनाबाट बच्न न्यानो लुगा लगाएर चिसोबाट बच्नुपर्ने सन्देश दिएका छन् ।

समाजिक सञ्जालमा निकै सक्रिय रहने शर्माले आफ्नो औपचारिक फेसबुकमार्फत नै ब्याङ्ग्यात्मक तरिकाले सन्देश दिएका हुन् ।

‘तपाईंको बडी सेप राम्रो होला, ट्याँटू गजबको होला, घाँटीमा लगाएको सिक्री भयंकर होला । तर, कोरोनाले त्यो सब हेर्दैन है, टम्म परेको लुगा लगाएर चिसोबाट बच्नु होला । चिसो खानेकुरो नखानुहोला । कोरोनाले धनी-गरिब केही हेर्दैन त्यसैले सबैलाई सुरक्षित रहन र होस् गर्नुहोला,’ उनले लेखेका छन् ।

शर्मा आफू पनि कोरोना संक्रमित हुन् । उनले १४ दिन अगाडि सामाजिक सञ्जाल फेसबुकमार्फत पीसीआर परीक्षण गराउँदा आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका थिए ।

संक्रमण भएपनि आफूले गुर्जो पानी सेवन नगरेको उनको भनाइ छ । उनी भन्छन्, ‘बेसार, मेथी, जिम्वु, ज्वाँनो तथा गुर्जो पक्कै पनि शरीरको लागी राम्रा हुन्, तर यसको प्रयोग र मात्रा नजान्नाले धेरै गाह्रो बनाउने र बनाइरहेको छ ।’

स्वास्थ्यकर्मीको सल्लाह परामर्श र कोरोनाबाट ठीक भएकाको अनुभव बुझ्न जरुरी रहेको साथै, उनले मदिराजन्य पदार्थ, धुम्रपान, सेकुवा कर्नर तथा ढिलो सुताई, ढिलो उठाईचाहिँ प्राणघातक हो भन्ने बुझेको फेसबुकमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ