Rumpum Advertisement
Dazzu

कोरोनाबाट बालबालिकालाई कसरी जोगाउने ?

कोरोनाबाट बालबालिकालाई कसरी जोगाउने ?

विराटनगर, ५ मंसिर । कोरोना महामारीको जोखिमम सबै उमेर समूहका मानिस छन् । बयक्स मानिसको तुलनामा बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा छन् ।

बालबालिका संक्रमित हुने संख्या कम भए पनि आफ्ना बालबालिकालाई संक्रमणबाट कसरी जोगाउने भन्ने चिन्ता अभिभावकमा छ ।

लापरवाही नगरी संक्रमित हुनबाट बालबालिकालाई जोगाउने तथा संक्रमण भइहाले पनि ध्यान दिन अत्यन्त जरुरी हुने विराटनगरको बालबालिका क्लिनिकमा कार्यरत बालरोग विशेषज्ञ डा. राजेश यादव बताउँछन् ।

बालबालिका प्रायःजसो अभिभावक तथा घरका अन्य परिवारका सदस्यसँग नजिक हुने, धेरैसँग भेट्ने, जहाँतहीँ गएर खेल्ने मास्क नलगाउने हुँदा संक्रमित जोखिम बढी हुन्छ ।

अपरिपक्व प्रतिरक्षा प्रणाली तथा स्वास्थ्यमा पहिलाबाटै समस्या भएका बच्चामा कोभिड-१९ को संक्रमण हुने जोखिम बढी हुने उनले बताए ।

उनका अनुसार कोरोना भाइरसको संक्रमण हुन नदिन सरसफाइमा ध्यान पुर्‍याइ सावधानी अपनाउनुपर्छ । सकेसम्म बालबालिकालाई घरमै राख्ने र भीडभाडमा लैजाने गर्नुहुँदैन ।

संक्रमण हुनबाट जोगाउनका लागि भीडभाड भएको ठाउँबाट टाढा राख्ने, पटकपटक हात धुने, सामाजिक दूरीको उपाय अपनाउने, ५ वर्षभन्दा माथिका बालबालिकाले अनिवार्य मास्क लगाउने, तथा शरीरको प्रतिरक्षा प्रणालीलाई बढावा दिन घरकै पोषणयुक्त खानेकुराको सेवन गराउँनुपर्ने उनले बताए ।

बाहिर जानु परेमा अनिवार्य आफू र बच्चा दुवैले मास्क लगाउने र अरूसँग दूरी राख्ने गर्नुपर्छ । धेरैजसो ५ वर्षमाथिका बालबालिकालाई मात्र मास्क लगाउन सल्लाह दिइन्छ । धुँवा धुलो तथा लगाउनु नै पर्ने स्थितिमा भने २ वर्षमाथिकाले पनि मास्कको प्रयोग गर्न सक्छन् । तर, २ वर्षमुनिका बालबालिकाले मास्कको प्रयोग गर्न हुँदैन ।

संक्रमणबाट जोगाउन बच्चाको हेरचाहमा अभिभावकले एकदम ध्यान दिनुपर्ने डा. यादवको सुझाव छ ।

सतर्कता अपनाउँदा अपनाउँदै समेत बालबालिकामा कोरोना संक्रमण हुने सम्भावना रहन्छ । बालबालिकामा संक्रमण भएपनि चाँडै निको हुने सम्भावना पनि धेरै हुन्छ । तर, चाँडै निको हुन्छ भन्दैमा लापरवाही गर्नु हुँदैन ।

शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका बालबालिका संक्रमित भएकामा सामान्य लक्षण देखा पर्नेदेखि लिएर सिकिस्तसमेत हुनसक्छन् ।

बालबालिकामा पनि अन्य जस्तै नै सामान्यता ज्वरो आउने, रुघाखोकी लाग्ने, छाती दुख्ने, थकान, सुस्त हुने, श्वासप्रश्वाससम्बन्धी समस्या, सास फेर्न अप्ठ्यारो हुने जस्ता लक्षणहरू देखिन सक्छन् । ५ देखि १० प्रतिशतमा भने झाडापखाला तथा वान्तासमेत हुन सक्छ ।

बालबालिका संक्रमित भएर पनि सामान्य अवस्थामै छन् भने घरमै आइसोलेशनमा राखेर उपचार गर्न सकिन्छ ।

संक्रमित भएका बालबालिकालाई घरमै हेरचाह गर्दा अन्य उमेरका संक्रमित जस्तै स्वास्थ तथा घरमै बनाएका पोषिलो खानेकुराको सेवन गराउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने कुरामा डा. यादव बताउँछन् ।

बालबालिकालाई कागती, अदुवालगायतका प्रतिरोधात्मक क्षमता बढाउने प्रकारका खाना खुवाउनुपर्छ जसले संक्रमणसँग लड्न मद्दत गर्छ । भर्खर जन्मिएका तथा स्तनपान गरिरहेका शिशु संक्रमित भए आमाले सतर्कता अपनाएर स्तनपान नै गराउनुपर्छ ।

लगातार खोकी लागेमा, खोकी कन्ट्रोल नभएमा, सास फेर्न गाह्रो भएमा, ज्वरो कम नभएमा, बच्चा सुस्त भएमा, अक्सिजनको मात्रा कम हुने जस्ता लक्षण देखिएका तथा गम्भLर अवस्थाका संक्रमित बालबालिकालाई तुरुन्तै अस्पताल लगेर उपचार गराउँनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ