Rumpum Advertisement
Dazzu

आज १९ सय ४५ जनामा कोरोना पुष्टि

आज १९ सय ४५ जनामा कोरोना पुष्टि

विराटनगर, ५ मंसिर । नेपालमा शुक्रबार थप १९ सय ४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

शुक्रबार एकै दिन थप ५ हजार ३६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

शुक्रबार थप २२ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ