Rumpum Advertisement
Dazzu

सुगरको स्तरमा आउने सामान्य परिवर्तन पनि संक्रमणको प्रारम्भिक सूचक हुनसक्ने

सुगरको स्तरमा आउने सामान्य परिवर्तन पनि संक्रमणको प्रारम्भिक सूचक हुनसक्ने

विराटनगर, ५ मंसिर । ज्वरो, खोकी र सास फेर्न गाह्रो हुने समस्या कोभिडको सबैभन्दा निरन्तर र छिटो देखिने लक्षण हुन सक्छ । तर, रगतमा चिनीको स्तरमा आएको साधारण परिवर्तन, थकान, पेटसम्बन्धी समस्या र कमजोरीसमेत कोभिड १९को सक्रिय संक्रमणको प्रारम्भिक सूचक हुन सक्छ ।

अमेरिकी जर्नल अफ इमरजेन्सी मेडिसिनमा प्रकाशित एउटा नयाँ अध्ययनअनुसार कोरोना भाइरसले भाइटल साइन्स (शरीरको महत्त्वपूर्ण कार्यको स्थिति जनाउने चिकित्सा संकेतको समूह)मा तुरुन्तै प्रभाव पार्न थाल्छ र चिन्ता बढाउन सक्छ ।

न्यू योर्कका अनुसन्धानकर्ताले कोभिडको कारण इमर्जेन्सीमा भर्ना भएका १२ सय व्यक्तिको अध्ययन गरेका थिए । करिब ५७.५ प्रतिशतमा कमजोरी, बेहोशी वा मानसिक गिरावटको गुनासो भएको पाइयो । त्यस्तै रगतमा चिनीको अनियन्त्रित मात्रा, पेटसम्बन्धी समयसया पनि उत्तिकै रिपोर्ट गरिएको थियो ।

मधुमेह अहिले कोभिडसँग सम्बन्धित सबैभन्दा ठूलो जिम्मेवार रोग बनेको छ । रगतमा चिनीको स्तर सामान्यभन्दा धेरै भएकामा संक्रमणका कारण अवस्था गम्भीर हुने तथा मृत्युदरको उच्च जोखिम हुने देखिएको छ ।

उच्च वा अव्यवस्थित रगतमा चिनीको मात्रा भएका मानिसमा सामान्य रगत प्रवाहभन्दा कम हुन्छ । जसले शरीरलाई विभिन्न संक्रमणबाट बचाउन र उपचारमा बढावा दिन पोषण र प्राकृतिक प्रतिरक्षाको लागि गाह्रो बनाउँछ ।

संक्रमण जोखिम स्वत: बढ्दै जान्छ र यसले थकान, कमजोरी र बेहोशी जस्ता अन्य जटिलता पनि निम्त्याउन सक्छ ।

तसर्थ, रगत चिनीको स्तर एकै पटक बढ्दा तथा असामान्य भिन्नतालाई समेत ध्यान दिन आवश्यक हुन्छ । कोभिड भएको अवस्थामा रगतमा अनियन्त्रित ग्लुकोजको स्तरले संक्रमणको तीव्रता पनि बढाउन सक्छ ।

साथै, कोभिडको संक्रमणबाट निको भएका मधुमेहका बिरामीमा समेत रगतमा चिनीको मात्रा बढेको देखिन्छ ।

कोभिडको बिरामीलाई उपचार गर्न प्रयोग गरिने केही औषधिहरूले शरीरमा अन्य जटिलतालाई बढावा दिन सक्छ, ग्लुकोजको मात्रा बढाउने, फंगल संक्रमण गर्ने तथा मृर्गौलाको समस्यासमेत बढाउन सक्ने विज्ञहरूले चेतावनी दिइरहेका छन् ।

डाक्टरका अनुसार मधुमेह नियन्त्रण गर्ने सामान्य उपायबाहेक, मधुमेहका बिरामीले संक्रमणको जोखिम कम गर्न र स्वास्थ्यको राम्रो व्यवस्थापन गर्न अधिक सतर्क अपनाउनुका साथै छालाको स्वच्छता, सामाजिक दूरीको अभ्यास गर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ