Rumpum Advertisement
Dazzu

अक्षयले गरे युट्युबरविरुद्ध मानहानीको मुद्दा दर्ता, ५ सय करोड क्षतिपूर्ती दावी

अक्षयले गरे युट्युबरविरुद्ध मानहानीको मुद्दा दर्ता, ५ सय करोड क्षतिपूर्ती दावी

विराटनगर, ५ मंसिर । बलिउड अभिनेता अक्षय कुमारले एक युट्युबरविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन् ।

उनले सुशान्त सिंह राजपुतमो मृत्यु प्रकरणमा आफ्नो नाम जोडेर सामाग्री प्रसारण गर्ने युट्युबर राशिद सिद्दीकीविरुद्ध ५०० करोड भारतीय रुपैयाँको क्षतिपूर्तिसहित मानहानी मुद्दा दर्ता गरेका हुन् ।

राशिदले एक भिडियोमा अक्षयले सुशान्त सिंह राजपुतकी प्रेमिका रीया चक्रवर्तीलाई भागेर क्यानडा जान सहयोग पुर्‍याएको दावी गरेका थिए ।

साथै, अक्षयले उद्धव र आदित्य थाकरेसँग सुशान्तबारे गोप्य छलफल गरेको समेत भिडियोमा बताइएको थियो । युट्युबरकाअनुसार अक्षय सुशान्तको फिल्म ‘एम.एस धोनी’को सफलताबाट खुशी थिएनन् । 

रशिदलाई मानहानीको नोटिससमेत पठाइएको छ । अक्षयले रशिदलाई बिनाशर्त माफी मागेको भिडियो प्रकाशित गर्न, उनको सम्बन्धमा सन्दर्भ गरिएको सबै भिडियो हटाउन र भविष्यमा त्यस्ता क्लिपहरू अपलोड नगर्न माग राखेका छन् ।

यदि रशिदले तीन दिनको अवधिमा नोटिसको जवाफ दिन नसके अक्षयले कानुनी कारवाही अगाडि बढाउने छन् । 

ती युट्युबर यसअघि पनि सुशान्तको मुद्दामा सीएम उद्धव ठाकरे र उनका छोरा आदित्य ठाकरेको गलत समाचार फैलाएको आरोपमा पक्राउ परेका थिए ।

राशिदले चार महिनामा सुशान्त सिंहबारे बनाएको सामाग्रीबाट १५ लाख कमाएका थिए । राशिद बिहारका २५ वर्षीय सिभिल इन्जिनियर हुन्, जो पछिल्लो समय विवादास्पद् भिडियोको कारण चर्चामा छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ