Rumpum Advertisement
Dazzu

साहरुखले दुई वर्षपछि सुरु गरे नयाँ फिल्मको छायांकन

साहरुखले दुई वर्षपछि सुरु गरे नयाँ फिल्मको छायांकन

विराटनगर, ४ मंसिर । बलिउडका बादशाह अभिनेता साहरुख खान दुई वर्षपछि फिल्मको छायांकनमा फर्किएका छन् ।

दुई वर्ष अगाडि रिलिज भएको उनी अभिनित ‘जिरो’को असफतलापछि साहरुखले कुनै फिल्ममा काम गरेका थिएनन् ।

दुई वर्ष लामो ब्रेकपछि उनले बुधबारबाट फिल्म ‘पठान’को छायांकन सुरु गरेका हुन् । बुधबारबाट यो चलचित्रको छायांकन यशराज स्टूडियोमा सुरु भएको हो ।

लामो कपाल पालेका साहरुखको अभिनय हेर्ने उनका फ्यान उत्साहित छन् । फिल्ममा साहरुखको साथै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेनेछ ।

भिलेनको भूमिकामा रहेका जोनले भने जनवरीदेखि मात्र यस फिल्मको छायांकन सुरु गर्नेछन् ।जोनले पहिला आफ्नो ‘सत्यमेव जयते २’ को छायांकन पूरा गरेपछि ‘पठान’ का लागि समय निकाल्ने भएका हुन् ।

फिल्मका लागि जोनले २० करोड र दीपिकाले १५ करोड पारिश्रमिक लिएको खबर बाहिरिएको थियो । यस फिल्ममा सिद्धार्थ आनन्दको निर्देशन रहनेछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ