Rumpum Advertisement
Dazzu

पार्टी सचिवालय समस्या सिर्जना गर्ने थलो बन्याे : महासचिव पौडेल (भिडियाे)

पार्टी सचिवालय समस्या सिर्जना गर्ने थलो बन्याे : महासचिव पौडेल (भिडियाे)

विराटनगर, ४ मंसिर । पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बताएका छन् ।

पार्टीको ‘कोर अफ दि लिडरसीप’ का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्ने भन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका हुन ।

पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या सामधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको उनले बताए ।

महासचिव पौडेलले सचिवालयले आफ्नो समिक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ ।’ उनले भने ‘यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृतवदायी भुमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ