Rumpum Advertisement

सेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से ३६ अंकले बढ्यो

सेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से ३६ अंकले बढ्यो

विराटनगर, ४ मंसिर । नेपालमा सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार एकै दिन ६ अर्बभन्दा धेरै कारोबार भएपछि नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को रेकर्डअनुसार यसअघि एकै  दिन ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको रेकर्ड कायम गरेको हो । याे नेपाली सेयर बजारमा नयाँ रेकर्ड हाे । 

नेप्से परिसूचक १८ सय नजिक पुगेको छ । बिहीबार मात्रै सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ अंकमा पुगेको हो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ