Rumpum Advertisement
Dazzu

दुधफारम दुर्घटना अपडेट : अटो चालकको पनि मृत्यु

दुधफारम दुर्घटना अपडेट : अटो चालकको पनि मृत्यु

विराटनगर, ४ मंसिर । विराटनगर महानगरपालिका– ३ दूधफारम नजिक भएको सवारी दुर्घटनामा परी घाइते तीन जनाकै मृत्यु भएको छ । २१ कात्तिकमा भएको दुर्घटनामा परी अटोमा सवार दुई युवती र चालकको पनि मृत्यु भएको हो ।

२१ कात्तिकमा भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा गम्भिर घाइते विराटनगर महानगरपालिका– ३ की पूजा भट्टराईको साेही दिन मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते उनका आफन्त उदयपुर बेल्टारकी १८ वर्षीय युवती विद्या कटवालको २७ कात्तिकमा नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका विराटनगर – १३ का  ४५ वर्षीय चालक वीरबहादुर श्रेष्ठको पनि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मानबहादुर राईका अनुसार मंगलबार उपचारका क्रममा चालकको पनि मृत्यु भएको हो ।

सुनसरीको दुहवीतिरबाट आउँदै गरेका एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले दुई युवती सवार को २ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूधफारम नजिकै ठक्कर दिएको थियो । ठक्करबाट तीन जना गम्भिर घाइते भएका थिए ।

ठक्कर दिने लहरीका चालक भारत मजफपुरका २४ वर्षीय देवेन्द्र सहनी र सहचालक २९ वर्षीय मिथुन कुमार प्रहरी नियन्त्रणमा छन् ।

याे पनि : दुधफारम दुर्घटना अपडेट : घाइते युवतीको पनि मृत्यु

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ