Rumpum Advertisement
Dazzu

पूर्व प्रधानमन्त्री भट्टराईले भने ‘प्रधानमन्त्रीबाट ओलीलाई हटाउनैपर्छ’

पूर्व प्रधानमन्त्री भट्टराईले भने ‘प्रधानमन्त्रीबाट ओलीलाई हटाउनैपर्छ’

विराटनगर, ३ मंसिर । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउनु पर्ने बताएका छन् ।

पार्टी भित्रैबाट लिखित आरोप लागेपछि प्रधानमन्त्रीबाट ओलीलाई हटाउनु पर्ने बताएका हुन ।

सामाजिक सञ्जाल मार्फत् उनले सरकारको असफलता र भ्रष्टाचारबारे पार्टी भित्रैबाट लिखित आरोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गर्दै नेकपाको झागडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने विषय भन्दै लेखेका छन्, ‘१. राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन, २. ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’

https://twitter.com/brb1954/status/1329023053662101504