Rumpum Advertisement
Dazzu

नेकपा सचिवालय बैठक सकियो, अर्काे बैठक मंसिर १३ गते

नेकपा सचिवालय बैठक सकियो, अर्काे बैठक मंसिर १३ गते

काठमाडौं, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक १० दिनका लागि स्थगित भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक १० दिनपछि १३ कात्तिकमा बस्नेगरी स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अर्को बैठकमा प्रधानमन्त्री ओलीले पनि राजनीतिक प्रतिवेदन पेस गर्ने उनले बताए । सचिवालय बैठकले नेकपाकाे स्थायी समिति बैठक र केन्द्रिय समिति बैठककाे मिति हेरफेर गरेकाे छ ।

बैठकले नेकपा स्थायी समितिकाे बैठक १८ मंसि र केन्द्रिय कमिटीकाे बैठक २५ मंसिरमा गर्ने निर्णय गरेकाे प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसअघि मंसिर १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक तय भएको थियो । तर समय अभावका कारण मंसिर २५ गतेसम्मलाई सारिएको हो ।