Rumpum Advertisement

हिमाल हेर्न टेम्केडाँडा (फोटो फिचर)

हिमाल हेर्न टेम्केडाँडा (फोटो फिचर)

मोहन ढकाल

भोजपुर, ३ मंसिर । भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केडाँडा पर्यटकीयस्थलको रुपमा परिचित छ । यसलाई तेर्माचुङ तथा रुमाचुङ पनि भन्ने गरिन्छ ।

समुन्द्र सतहबाट ३१ सय मिटरको उचाइमा रहेको यस डाँडाबाट ८ हजार मिटरभन्दा अग्ला छवटा हिमालहरु देख्न सकिन्छ । यहाँबाट कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, ल्होत्से र ल्होत्सेसार हिमाल देख्न सकिन्छ ।

यीबाहेक अन्य ३३ वटा हिमश्रृंखलाहरु समेत अवलोकन गर्न सकिन्छ । यसैगरी तराईका विभन्न समथर भूभागको अवलोकन गर्न सकिन्छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअगाडि काठमाडौंदेखि पूर्वको किराँतीहरु बसोबास गर्ने भूगोल हेर्ने हो भने टेम्केडाँडा तत्कालीन किराँत भुमीको ठिक बीच भागमा अबस्थित रहेको छ ।

भोजपुर सदरमुकामबाट करिब ५० किलोमिटर पश्चिम यात्रा गरेपछि उक्त पर्यटकीयस्थल पुगिन्छ ।

पर्यटकीय गन्तव्यको केन्द्रटेम्के डाँडामा पछिल्लो समय बाह्य पर्यटकको संख्या भने न्यून छ । कोरोना महामारीका कारण बाह्य पर्यटकहरुको संख्या न्यून भए पनि आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ