birat ribon

आजबाट नेपाल संवतको नयाँ वर्ष

Neuro
आजबाट नेपाल संवतको नयाँ वर्ष

विराटनगर, १ मंसिर । आजबाट नेपाल संवतको नयाँ वर्ष ११४१ सुरु भएको छ । नेपाल संवतमा नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो ।

cura insider

संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । त्यसैले कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौं उपत्यकामा छ ।

लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।

नेपाल संवतको नयाँ वर्ष ११४१ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले शुभकामना सन्देश जारी गरेका छन् ।

jackson ribon