Rumpum Advertisement
Dazzu

चार दिनदेखि संक्रमितको शव विराटमा, पैसा नहुँदा शव छाडेर घर लागे आफन्त

चार दिनदेखि संक्रमितको शव विराटमा, पैसा नहुँदा शव छाडेर घर लागे आफन्त

विराटनगर, २८ कात्तिक । कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव विराटनगरको विराट नर्सिङ होममा (विराटनगर अस्पताल) अलपत्र परेको छ । उपचार खर्च तिर्न नसक्ने भन्दै आफन्त घर लागेपछि शव अस्पतालमै अलपत्र परेको हो ।

सिरहा विष्णुपुर गाउँपालिका–२ का ३५ वर्षीय अरुणकुमार यादवको २५ कात्तिकमा मृत्यु भएको थियो । तर उपचार खर्च नतिरेसम्म अस्पतालले शव नदिने भन्यो । पैसा नभएपछि आफन्त घर फर्किएका हुन् ।

विपन्न परिवारका अरुणको उपचारका लागि श्रीमती प्रमसिलाले ऋणपान गरेर अस्पतालमा एक लाख चार हजार रुपैयाँ डिपोजिट गरेकी थिइन् । भेण्टिलेटरमा राखेर उपचार गरिएका उनको दैनिक बेडचार्ज ५० हजार रुपैयाँ थियो । उपचारको बिलसँगै ल्याब र औषधि खर्च पनि बढ्दै गयो । तर अवस्थामा सुधार आएन् । अस्पताल भर्ना भएको ८ दिनपछि २५ कात्तिकमा उनको निधन भयो ।

मृत्युपछि अस्पतालले ४ लाख ७७ हजार ५ सयको बिल दिएको छ । तर आफन्तसँग तिर्नसक्ने क्षमता छैन । भएभरको पैसा अस्पतालमा अग्रिम डिपोजिट गरेकी थिइन् । अन्तिम संस्कारका लागि शव माग्दा अस्पतालले दिन मानेन् । अस्पताललाई तिर्ने पैसा ल्याउने स्रोत नभएपछि शव छाडेर आफन्त घर गएका हुन् ।

‘साना छोरा–छोरी छन् । अस्पताललाई तिर्ने पैसा पनि छैन,’ छिमेकी रामपुरक यादवले कोशी अनलाइनसँग भने, ‘पैसा नभएपछि आफन्त शव अस्पतालमै छाडेर आउनु भयो ।’

उनका अनुसार शव छाडेर आफन्त घर पुगेपछि गाउँका अगुवा शव बुझ्न भन्दै अस्पताल आएका थिए । तर अस्पतालले पैसा नतिरेसम्म शव दिन्न भन्यो ।

अस्पतालले शव नदिएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा पुगे । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विपन्न नागरिकको उपचार खर्च सरकारले नै व्योहोर्ने भएकाले शुल्क नलिई शव बुझाउन पत्र पठए । तर प्रशासनले पत्र पठाउँदा पनि अस्पतालले शव जिम्मा नदिएको यादवले बताए ।

अस्पतालले पनि मृतकका आफन्त सम्पर्कविहीन भएकाले आफन्त बोलाएर उपचार खर्च उठाइदिन भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ । आफन्तले गुनासो गरेपछि अस्पताललाई शव जिल्मा लगाउन लिखित रूपमा भनिएको मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

अस्पतालले पनि मनलाग्दी शुल्क असुुल गरेको उनले बताए । ‘यो त अति भयो,’ निरौलाले भने, ‘अस्पताल प्रशासनलाई चिठी लेखेको छु, बढी शुल्क लिने सबैलाई कारवाहीको दायरामा ल्याउँछु ।’

महामारीमा अस्पतालको मनोमानी बढेको बताउँदै उनले मनोमानी गर्नेलाई संक्रमक रोग ऐन २०२० अनुसार कारवाही गरिने बताए ।

यता, कोशी अनलाइनसँगको कुराकानीमा विराट नर्सिङमका प्रशासन प्रमुख पदम विनारीले आफन्तले शुल्क तिरेपछि शव जिम्मा लगाइने बताए । अस्पतालले सबै उपचार खर्च छुट गर्ननसक्ने बताउँदै उनले शुल्क तिरेपछि शव आफन्तलाई जिम्मा दिने बताए ।

प्रतिक्रिया

  1. Yo ta aatinai vo ventilator ko charge yo aaspatalma yetro charge tirera pani kunai patent niko valid jasto malai lagdaina yo ta jyanmarra hospital ho Birat nursing home ta kunai satru pani nakawos mahako chutiya hospital ho

  2. Sarkar k gardai xa aspatal haru ko esto loot garib janta haru le kasari tirun , sarkar le kina kei na hereko yo atti vo birat ko yo loot chalnu vaena.

Comments are closed.