Rumpum Advertisement
Dazzu

कोभिड १९ भ्याक्सिन : ‘मोर्डना’ परीक्षणको नतिजा आउँदै, ‘एस्ट्राजेनेका’ खोप डिसेम्बरसम्म तयार हुन सक्ने

कोभिड १९ भ्याक्सिन : ‘मोर्डना’ परीक्षणको नतिजा आउँदै, ‘एस्ट्राजेनेका’ खोप डिसेम्बरसम्म तयार हुन सक्ने

विराटनगर, २७ कात्तिक । कोरोना महामारीसँग जुधिरहेको विश्वसमुदाय त्रासमा गुजारा गरिरहेको छ । महामारी फैलिनेक्रममा डर र अन्यौलता थियो । गत डिसेम्बरमा देखापरेको भाइरसको प्रसार हुने माध्यम, नियन्त्रण र उपचारका लागि मानिसमा पूर्वअनुभव नभएका कारणले अनुसन्धान गर्नमा लामो समय लाग्यो । तर पछिल्लो समय कोरोनाविरुद्धको भ्याक्सिन बनाउने काम तीव्र छ । विश्वभर १५० भन्दा बढी खोपहरु विकास गर्ने क्रममा छन् । विकासका क्रममा रहेका १५० खोपमध्ये केही खोपहरु परीक्षणको अन्तिम चरणमा छन् ।

एक समय सारा विश्वले प्रतिक्षा गरेर बसेको खोप निर्माणमा ठूला राष्ट्रबीच होडबाजी चलेको छ । होडबाजीको क्रममा रसियाले परीक्षणमा रहेको ‘स्पुतनिक–भी’ अगष्ट ११ तारिखमा स्वास्थ्य मन्त्रालयले दर्ता गरायो । यस घटनाले विश्वमा एउटा आशा जगाउनका साथै धेरै प्रश्नहरुसमेत उब्जायो । किनकि उनीहरुले सानो समूहमा मात्र परीक्षण गरिएको हुनाले सुरक्षा र विश्वनियतामा धेरै मुलुकहरुले प्रश्न उठाए । रसियाले कोभिड भ्याक्सिनविरुद्ध खोप निर्माण गरिने कार्यलाई प्रतिष्ठाको रुपमा लिएको थियो र यो क्रम अन्य मुलुकहरुमा पनि देखिएको छ ।

रसियाले स्पुतनिक–भीको परिणाम सकारात्मक रहेको जानकारी दिएको केही समयपछि अमेरिकी औषधि निर्माता फाइजरले नोभेम्बर १० तारिखका दिन आफूले निर्माण गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको दावी गरेको छ ।

खोप निर्माणको क्रममा रहेको मोर्डना भ्याक्सिन सफल परीक्षण नजिक पुगेको कम्पनीको दावी छ ।

अक्सफोर्डले निर्माण गरेको एस्ट्राजेनेका भ्याक्सिन अन्तिम परीक्षण नजिक पुगिसकेको दावी गरिएको छ ।

अमेरिकी औषधि निर्माताले फाइजर भ्याक्सिनको प्रभावकारिता ९० प्रतिशत सफल भएको जानकारी दिएसँगै यसको चर्चा विश्वव्यापीरुपमा हुन थालेको छ ।

दक्षिण एसियाको शक्तिको रुपमा उदाउँदै गरेको देश भारतमा पनि यसको चर्चा सुरु भएको छ । भौगोलिकरुपमा नेपाल र भारतको हावापानी एकै प्रकारका भएकाले नेपालमा पनि यस भ्याक्सिनबारे चासो व्यक्त गरिएको छ ।

मोर्डना भ्याक्सिनको परीक्षण नतिज्ञा पनि चाँडै आउँदै

मोर्डना इन्कले भनेको छ कि कोरोना भाइरस खोपको पछिल्लो चरणको विश्लेषणका लागि पर्याप्त जानकारी छ । जसले खोपको प्रभावकारिता निर्धारण गर्न मद्दत पुर्‍याउँछ । परीक्षणको क्रममा यसको विश्वसनियता, सुरक्षा र प्रभावकारिताको निष्पक्ष मूल्याकनको आँकडा पेश गर्ने तयारी पूरा गरिएको छ ।

अब परिणामलाई हेरिनेछ र आवश्यक सिफारिसको प्रक्रियालाई अघि बढाइने छ । तथापि, कोरोना भाइरसविरुद्धको परीक्षामा रहेको खोपको प्रभावकारिताबारे जानकारी कहिले प्रस्तुत गरिनेछ भनी मोर्डनाले बताएको छैन ।

एस्ट्राजेनेका डिसेम्बरको अन्तिमसम्म तयार हुन सक्ने

फार्मास्यूटिकल जायन्ट एस्ट्राजेनेकाले सम्बन्धित निकायबाट स्वीकृति भएमा डिसम्बरको अन्तिमबाट यो भ्याक्सिन प्रयोगका लागि तयार हुन सक्छ ।

खोपका बारेमा अनुसन्धान भइरहेको छ । ब्रिटेनमा रहेको अक्सफोर्ड विश्वविद्यालयसँग काम गरिरहेको एग्लों स्विडिस ड्रग निर्माताले भनेका छन् कि यो खोप निर्माणको दौडमा सफलता प्राप्त गर्नमा हामी प्रतिबद्ध रहको विश्वसामु ठहर हुनेछ ।’

यो खोपको तेश्रो चरणको परीक्षण सेप्टेम्बरबाट सुरु गरिएको थियो । परीक्षणका क्रममा एक सहभागीमा स्वास्थ्य समस्या देखिएपश्चात केही समयका लागि परीक्षण स्थगन गरिएको थियो । परीक्षणका क्रममा सहभागीको स्वास्थ्य बिग्रनु कारण पत्ता नलागेसम्म परीक्षणको काम गघि बढ्न सक्दैन ।

त्यसको केही समयपश्चात नै यसलाई निरन्तरता दिइयो, जसका कारणले अब यो परीक्षण अन्त्य हुने क्रममा छ ।

अन्य भ्याक्सिनको तुलनमा यसको विश्वसनियता, सुरक्षा र प्रभावकारिता भरपर्दो मानिएको छ । अब चाँडै नै पहिलो, दोश्रो र अन्तिम परीक्षणको डाटालाई मूल्यांकन गरी डिसम्बरको अन्त्यसम्म स्वीकृति प्राप्त हुनसक्ने एस्ट्राजेनेको अपरेसन प्रमुख लियोन वाङले बताए । – एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Comments are closed.