Rumpum Advertisement
Dazzu

विद्यार्थी अनशनमा

विद्यार्थी अनशनमा

विराटनगर, २४ कात्तिक । काठमाडौं विश्वविद्यालयका विद्यार्थी अनशनमा बसेका छन् । अनलाइन कक्षाकोबाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न विश्वविद्यालयले उर्दी जारी गरेपछि विद्यार्थी आन्दोलित बनेका हुन् ।

उनीहरुले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिषरमा अनशन थालेका हुन् । अनलाइनमा पढाएर अरु शीर्षकको पनि शुल्क उठाउन खोजिएकोभन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थी आन्दोलित बनेका हुन् ।

विद्यार्थीले सहमति पालना नभएकाले अनशनमा बस्न बाध्य भएको प्रतिक्रिया दिएका छन् । विश्वविद्यालयका स्कल अफ इञ्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीले विद्यार्थीको समस्या समाधान गर्न चाँडै निस्कर्षमा पुगिने बताए ।