Rumpum Advertisement
Dazzu

तिहारको स्वागतमा मुस्कुराए सयपत्री-मखमली

तिहारको स्वागतमा मुस्कुराए सयपत्री-मखमली

विराटनगर, १९ कात्तिक । फूूलले सिँगारिने तिहार दसैँपछि अर्को उमंग बोकेर आउने पर्व हो । फूलको श्रृंगारले उल्लासमय परिवेस सिर्जना गर्ने यस पर्वमा पुष्प व्यापार फस्टाउने गर्छ ।

यस वर्षको लामो मनसुनको बाबजुद पनि धेरैका घर आँगनीमा सयपत्री र मखमली मुस्कुराएर तिहारलाई स्वागत गर्न तम्तयार बनेका छन् । धेरैका आँगनमा मुस्कुराएका सयपत्री र मखमलीले प्रत्येक मनमा तिहार लहराइदिएका छन् ।

कोभिड १९ ले बोथोलेको पुष्पखेतीमा लामो समयको मनसुनले फूलका बेर्नालाई उठ्न दिएन । अनेक व्यवधानका बाबजुद विराटनगरका नर्सरीहरुमा तिहारलाई सिँगार्न सयपत्री र मखमली मुस्कुराइरहेका छन् । घरआँगनीमा आएको तिहारलाई पर्खिबसेका छन् ।

तस्बिर : यज्ञ अधिकारी