
हामी भेटिएकै मन्दिरको बीचमा छु म ।
लाग्दैछ, खहरे र भीरको बीचमा छु म ।
तिमी साथमा हुँदा धेरै खुसी थिएँ म,
तर अहिले पीरै–पीरको बीचमा छु म ।
कतिबेला काँचुलीझैँ फालिएछु म त,
लाग्थ्यो तिम्रो शरीरको बीचमा छु म ।
तिमी दाँया बस्दा, बायाँ तिम्रै छाया थ्यो,
अब मात्रै ती तस्बिरको बीचमा छु म ।