birat ribon

दुर्घटनामा घाइते महिलाको मृत्यु

Neuro
दुर्घटनामा घाइते महिलाको मृत्यु

झापा, १५ कात्तिक । गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ ।

Padelux insider
cura insider

मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को३७प २२३२ नंको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेकी उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

प्रहरीले दुर्घटनामा ती महिला सवार मोटरसाइकल र चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जनाएको छ ।

jackson ribon