birat ribon

टी-२० क्रिकेटमा गेलको कीर्तिमान

Neuro
टी-२० क्रिकेटमा गेलको कीर्तिमान

विराटनगर, १५ कात्तिक । क्रिस गेलले टी २० क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा ८ छक्कासहित ९९ रन जोडेका गेल टी २० क्रिकेटमा १००० छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन ।

Padelux insider
cura insider

राजस्थान रोयल्ससँगको खेलमा किंग्स इलाभेन पञ्जाबका लागि गेलले ८ छक्कासहित ९९ रन जोडेका थिए ।

अबुधाबीस्थित शेख जायद रंगशालामा राजस्थानविरुद्ध सातौं छक्का प्रहार गरेपछि गेल टी–२० इतिहासमा १००० छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन ।

४१ वर्षीय गेलको नाममा १००१ छक्का दर्ता भएको छ । सो मध्ये ३४९ छक्का आईपीएलमा प्रहार गरेका हुन् । यो संख्या पनि आईपीएल इतिहासमा कीर्तिमान हो । गेलले सीपीएलमा १६२, बीपीएलमा १३२ र टी–२० विश्वकपमा ६० छक्का प्रहार गरेका छन् ।

आईएपीएलमा एउटै म्याचमा सर्वाधिक रन जोडेको कीर्तिमान पनि उनकै नाममा छ । सन् २०१३ मा गेलले १७ छक्कासहित १७५ रन बनाएका थिए ।

jackson ribon