birat ribon

कोरोनाबाट ९२० जनाको ज्यान गयो

Neuro
कोरोनाबाट ९२० जनाको ज्यान गयो

विराटनगर, १४ कात्तिक । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

Padelux insider
cura insider

शुक्रबार थप १६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ९८९ जनाको परीक्षणमा थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

शुक्रबार थप ४ हजार ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।

jackson ribon