birat ribon

आज ४ हजार ९६ जनाले जिते कोरोना

Neuro
आज ४ हजार ९६ जनाले जिते कोरोना

विराटनगर, १४ कात्तिक । नेपालमा शुक्रबार थप ४ हजार ९६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४ हजार ९६ संक्रमित निको भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ९८९ जनाको परीक्षणमा थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।

jackson ribon