विराटनगर, १४ कात्तिक । नेपालमा शुक्रबार थप ३५ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ९८९ जनाको परीक्षणमा थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।
शुक्रबार थप ४ हजार ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।
आज थप १६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।