birat ribon

राष्ट्रिय टोलीका थप एक खेलाडीलाई कोरोना

Neuro
राष्ट्रिय टोलीका थप एक खेलाडीलाई कोरोना

काठमाडाैं, १४ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका थप एक खेलाडीलाई कोरोना भाइरस संक्रमण भएकाे छ । बिहीबार बिहान ४ जना खेलाडीमा कोरोना पुष्टि भएकाे थियो ।

Padelux insider
cura insider

यससँगै बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक चरणमा बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको जनाएको हो । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रशिक्षणको पहिलो दिन चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरि शुक्रबार थप एक जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।

अहिले पाँचै जना आइसोलेसनमा रहेका छन् । मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाई अभ्यास गराइरहेका छन् ।

गत चैतमा सरकारले लकडाउनको घोषणा गरेसँग खेलकुद क्षेत्र ठप्प भएका थियो जसमा फुटबल पनि परेको थियो । दक्षिण एसियाली मुलुक बंगलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेपनि सरकारको अनुमती नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन ।

तर सरकारले दसैंलगत्तै प्रशिक्षणको अनुमति दिएसँगै एन्फाले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो । खेल कार्तिक २८ र मंसिर २ गतेका लागि तय भएका छन् ।

jackson ribon