विराटनगर, १४ कात्तिक । कोरोना संक्रमणका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । झापाकाे शिवसत्ताक्षी नगरपालिकाका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार निमोनिया देखिएपछि भट्टराई थरका युवकलाई १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पाजेटिभ देखिएको थियो । मृतकमा दिर्घराेगकाे समस्या थिएन् ।
आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको दाहालले जानकारी दिए । कोरोना संक्रमणका कारण मृत्यु भएका पुरुषको यस अघि भाइको पनि मृत्यु भएको बताइएको छ ।