birat ribon

देहरादुनमा नेपाली विद्यार्थी कुट्ने अध्यापकलाई कारवाही हुन्छ : राजदूत आचार्य

Neuro
देहरादुनमा नेपाली विद्यार्थी कुट्ने अध्यापकलाई कारवाही हुन्छ : राजदूत आचार्य

काठमाडौं, १४ कात्तिक । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले देहरादुनमा नेपाली विद्यार्थी कुट्ने अध्यापकलाई कारवाही हुने जनाएका छन् ।

Padelux insider
cura insider

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् आचार्यले नेपाली विद्यार्थी कुट्ने अध्यापकलाई कारवाहीका लागि आवश्यक कदम चालिएको जनाएका हुन् ।

विजया दशमीको दिन देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी दसैंको दिन कुटिएका थिए ।

राजदूत आचार्यले घटनाको जानकारी भएदेखि दूतावास सक्रिय रहेको र कुटपिट गर्ने अध्यापकलाई कारवाहीका लागि र फर्कन चाहने विद्यार्थीलाई सुरक्षित फर्काउन आवश्यक कदम चालिएको जनाए ।

‘यसमा दूतावास घटनाको जानकारी भएदेखि सक्रिय रहेको छ। कुटपिट गर्ने अध्यापकलाई कारवाहीका लागि र फर्कन चाहने विद्यार्थीलाई सुरक्षित फर्काउनका लागि आधिकारिक एवं सहयोगी संस्था र व्यक्तिहरूको सक्रियतामा आवश्यक कदम चालिएका छन् । केही अभिभावकसँग सम्पर्क र कुरा भएको छ। समस्या समाधान उन्मुख छ,’ उनले लेखेका छन् ।

jackson ribon