birat ribon

लुकाकुले रियल मड्रिडविरुद्धको खेल गुमाउन सक्ने

Neuro
लुकाकुले रियल मड्रिडविरुद्धको खेल गुमाउन सक्ने

विराटनगर, १४ कात्तिक । इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर रोमेलु रियल मड्रिडविरुद्धको खेल खेल्नेमा शंका उत्पन्न भएको छ । च्याम्पियन्स लिगअन्तर्गत आगामी मंगलबार हुने सो खेल बेल्जियन स्टारले खेल्नेमा शंका उत्पन्न भएको हो ।

Padelux insider
cura insider

आगामी मंगलबार इन्टरले रियल मड्रिडको सामना गर्दैछ । रियलको मैदानमा हुने समूह चरणको सो खेल मंगलबार राति १ः४५ हुनेछ । सो खेलमा समूह ‘बी’मा रहेका इन्टर र रियल दुवै जित निकाल्ने लक्ष्यमा छन् । इन्टर सो समूहको तेस्रो स्थानमा छ भने रियल चौथो स्थानमा छ ।

बेल्जियन स्ट्राइकर लुकाकु शख्तर डोनेस्कसँगको खेलमा घाइते भएका थिए । गोलरहित बराबरीमा सकिएको उक्त खेलका क्रममा घाइते भएका उनले चोट बोकेका थिए । बुधबार स्वास्थ्य परीक्षण गरेका उनलाई चोट लागेको पुष्टि भएको थियो ।

बिहीबार क्लबले विज्ञप्ति निकाल्दै चोट लागेको जनाएको छ । लुकाकुले सिरी ‘ए’ अन्तर्गत पर्मासँगको खेल गुमाउने पक्का भएको छ । पर्मासँगको खेलमा लुकाकुको स्थान आन्द्रे पिनामोन्टीले लिनेछन् ।

jackson ribon