birat ribon

आईपीएल : पञ्जाब र राजस्थान प्रतिस्पर्धामा

Neuro
आईपीएल : पञ्जाब र राजस्थान प्रतिस्पर्धामा

विराटनगर, १४ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज किंग्स एलेभेन पञ्जाब र राजस्थान रोयल्सले खेल्दैछन् । शेख जायद क्रिकेट स्टेडियममा हुने सो खेल नेपाली समयानुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ ।

Padelux insider
cura insider

यस खेलमा पञ्जाब सातौं जितको खोजीमा हुनेछ । ऊ १२ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा छ । यता, राजस्थान भने समान खेलबाट १० अंकसहित सातौं स्थानमा छ ।

यस खेलमा भिड्न लागेका केएल राहुलको कप्तानीमा रहेको पञ्जाब र स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान दुवै टोली प्ले अफको दौडमा छन् ।

त्यसबाहेक पञ्जाब राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदलासमेत लिने दाउमा छ । जारी सिजनको पहिलो भेटमा पञ्जाबलाई राजस्थानले ४ विकेटले हराएको थियो ।

साविक विजेता मुम्बई इन्डियन्स भने यस सिजनको आईपीएलको प्ले अफ पुगिसकेको छ । साविक उपविजेता चेन्नई सुपर किंग्स भने प्ले अफ होडबाट बाहिरिसकेको छ ।

jackson ribon