birat ribon

बार्सिलोनाका गोलरक्षक टर स्टेगन अभ्यासमा फर्किए

Neuro
बार्सिलोनाका गोलरक्षक टर स्टेगन अभ्यासमा फर्किए

विराटनगर, १४ कात्तिक । स्पेनिस क्लब बार्सिलोनाका गोलरक्षक मार्क–आन्द्रे टर स्टेगन समूहगत प्रशिक्षणमा फर्किएका छन् ।

Padelux insider
cura insider

चोटका कारण केही समयदेखि मैदानबाहिर रहेका जर्मन गोलकिपर टर स्टेगन बिहीबारबाट सामूहिक प्रशिक्षणमा फर्किएका हुन् ।

यसै समरमा दाहिने घुडाँको शल्यक्रिया गरेका उनले २०२०–२१ को सिजनमा खेल्न पाएका छैनन् । उनको स्थान हाल नेटोले लिइरहेका छन् । अब भने अलाभेससँगकाे खेलबाट उनी मैदान फर्किने बार्सिलोनाले अपेक्षा गरेको छ ।

बार्सिलोनाले शनिबार राति अलाभेसको भ्रमण गर्दैछ । ला लिगाअन्तर्गत बार्सिलोनाले भोलि अलाभेससँग खेल्न लागेको हो । पाँच खेलबाट ७ अंक जोडेको बार्सिलोना हाल १२औं स्थानमा छ ।

jackson ribon