विराटनगर, १४ कात्तिक । बलिउड अभिनेत्री श्रद्धा कपूर नागिनको भूमिकामा अभिनय गर्ने भएकी छन् ।
ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो समाजिक सञ्जालमार्फत् श्रद्धा कपूर एक इच्छाधारी नागिनको भूमिकामा देखिन लागेको जानकारी गराएका हुन् ।
फिल्मको नाम नागिन राखिएको छ । फिल्मलाई निर्देशक विशाल फुरियाले निर्देशन गर्ने भएका छन् भने निखिल द्विवेदीले फिल्म निर्माण गर्दै छन् ।
फिल्मलाई तीन भागको सीरीजको रूपमा रिलिज गरिनेछ । यसअघि रीना राय र श्रीदेवी इच्छाधारी नागिनको भूमिका निर्वाह गरिसकेका छन् ।