birat ribon

आज दसैंको अन्तिम दिन काेजाग्रत पूर्णिमा, तिहारकाे स्वागत गरिदै

Neuro
आज  दसैंको अन्तिम दिन काेजाग्रत पूर्णिमा, तिहारकाे स्वागत गरिदै

विराटनगर, १४ कात्तिक । आज दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा । आजबाट दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ ।

Padelux insider
cura insider

आज दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ ।

शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ ।

दसैं र नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने शनिबार परेको छ । आजदेखि दसैँ पर्व सम्पन्न भई दोस्रो ठूलो पर्व तिहार शुरु भएको मानिन्छ । तिहारको स्वागतका लागि आज नै आकाशदीप बाल्ने परम्परा छ ।

jackson ribon