birat ribon

बेल्जियन क्लबसँग टोटनह्याम स्तब्ध

Neuro
बेल्जियन क्लबसँग टोटनह्याम स्तब्ध

विराटनगर, १४ कात्तिक । युरोपामा लिगमा टोटनह्याम हटस्पर स्तब्ध भएको छ । बिहीबार राति भएको खेलमा टोटनह्याम बेल्जियन क्लब रोयल एन्टवर्पसँग १–० गोलले स्तब्ध भएको हो ।

Padelux insider
cura insider

एन्टवर्पको मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा लायर रेफाइलबले गोल गरे । खेलको २९औं मिनेटमा रेफाइलबले गोल गर्दै टोटनह्याममाथि जित सुनिश्चित गरे ।

जितसँगै एन्टवर्पले दुई खेलबाट ६ अंक बटुलेको छ । ऊ समूह ‘जे’को शीर्ष स्थानमा छ । टोटनह्याम भने ३ अंकसहित सो समूहको दोस्रो स्थानमा छ ।

jackson ribon