birat ribon

एकै दिन पाँचलाख ४५ हजार संक्रमित थपिए, सात हजारको मृत्यु

Neuro
एकै दिन पाँचलाख ४५ हजार संक्रमित थपिए, सात हजारको मृत्यु

विराटनगर, १४ कात्तिक । विश्वमा एकै दिन पाँचलाख ४५ हजार बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पाँचलाख ४५ हजार २९७ कोरोना संक्रमित थपिएका हुन ।

Padelux insider
cura insider

सोही अवधीमा सात हजार १६७ जनाको मृत्यु भएको छ । यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ५३ लाख १२ हजार पुगेको छ । संक्रमित मध्ये ११ लाख ८५ हजारको मृत्यु भएको छ ।

वोल्डो मिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ९१ हजार कोरोना संक्रमित थपिएका छन् । त्यस्तै भारतमा ४९ हजार, ब्राजिलमा २६ हजार, रसियामा १७ हजार र फ्रान्समा ४७ हजार कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित देशको सूचीको पहिलो स्थानमा रहेको अमेरिकामा कोरोना संक्रमितको संख्या ९२ लाख १२ हजार पुगेको छ । संक्रमित मध्ये २ लाख ३४ हजार मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ८० लाख ८८ हजार पुगेको छ । भारतमा ५६८ जनाको मृत्यु भएको छ । संक्रमित देशको सूचीको तेस्रो स्थानमा रहेको ब्राजिलमा ५४ लाख ९६ हजार, रसियामा १५ लाख ८१ हजार र फ्रान्समा १२ लाख ८२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

jackson ribon