birat ribon

कोलकतामाथि चेन्नईको जित

Neuro
कोलकतामाथि चेन्नईको जित

विराटनगर, १४ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविकको उपविजेता चेन्नई सुपरकिंग्सले पाँचौं जित निकालेको छ ।

Padelux insider
cura insider

बिहीबार राति भएको खेलमा चेन्नईले कोलकता नाइटराइडर्समाथि ६ विकेटको जित निकालेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोलकताले जितका लागि दिएको १७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

चेन्नईलाई जिताउन रुतुराज गायकवाडले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । रविन्द्र जडेजाले अजिवित ३१ रन बनाउँदा साम करणले अजिवित १३ रन जोडे ।

यसैगरी अम्बाती रायडुले ३८ रन बनाउँदा सेन वाट्सनले १४ रन जेडे ।

बलिङतर्फ कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभर खेल्दा ५ विकेटको क्षतिमा रन बनाएको थियो ।

कोलकताका नीतिश रानाले ८७ रनको अर्धशतकीय इनिङ्स खेले भने शुभमन गिलले २६ रन बनाए । दिनेश कार्तिकले २१ रन बनाउँदा कप्तान इयोन मोर्गानले १५ रन तथा रिंकु सिंहले ११ रन बनाए ।

चेन्नईका लुंगी नगिडीले २ विकेट लिँदा मिचेल सन्तर, रविन्द्र जडेजा र कर्न शर्माले समान १–१ विकेट झारे ।

जितसँगै चेन्नईले १३ खेलबाट १० अंक बनाएकाे छ । चेन्नई तालिकाको पुछारमा छ । १३ खेलमा १२ अंक जोडेको कोलकता भने पाँचौं स्थानमा रहेको छ ।

jackson ribon