birat ribon

आर्सनलको सहज जित

Neuro
आर्सनलको सहज जित

विराटनगर, १४ कात्तिक । यूईएफए युरोपा लिगमा आर्सनलले सहज जित निकालेको छ । बिहीबार राति भएको समूह चरणको खेलमा आर्सनलले आयरल्याण्डको क्लब डुन्डल्कलाई ३–० गोलले हराएको हो ।

Padelux insider
cura insider

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा इड्डी केटिया, जोय विललक र निकोलास पेपेले समान एक–एक गोल गरे ।

खेलको ४२औं मिनेटमा केटियाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । ४४औं मिनेटमा विललकले गोल गरेपछि आर्सनलले पहिलो हाफभरि आफ्नो अग्रता दोब्बर बनायो ।

खेलको ४६औं मिनेटमा पेपेले गोल गरेपछि आर्सनलले ३–० गोलको जित निकालेको हो ।

यससँगै आर्सनलले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेको छ । ऊ समूह ‘बी’को शीर्ष स्थानमा छ । अंकविहीन डुन्डल्क चौथो स्थानमा छ ।

jackson ribon