Rumpum Advertisement
Dazzu

फ्रान्समा फेरि लकडाउन, घरबाहिर निस्कनुपरे फारम भर्नुपर्ने

फ्रान्समा फेरि लकडाउन, घरबाहिर निस्कनुपरे फारम भर्नुपर्ने

काठमाडौँ, १३ कात्तिक । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरि लकडाउनको घोषणा गरेका छन् ।

टेलिभिजनबाट सम्बोधन गर्दै उनले कोरोनाभाइरसको महामारी बढ्दै गएकाले लकडाउन लगाउनु परेको उल्लेख गरे । नयाँ व्यवस्थाअनुसार कसेसम्म घरबाहिर निस्कनै नदिने र निस्कनु पर्ने अवस्थामा रहेकाहरुले कडा नियमहरू मान्नु पर्नेछ ।

बाहिर निस्कनु पर्नेहरूलाई फारम भर्नु पर्ने व्यवस्था पनि गरिएको छ । अहिले घोषणा गरिएको लकडाउन आगामी डिसेम्बर १ तारिखसम्म लागु हुनेछ भने त्यसपछि निरन्तरता दिनु परेमा १५, १५ दिनमा थप्दै लगिने छ ।

उनले भने, “सङ्क्रमित र मृतकहरुको संख्या हेर्दा महामारीले फ्रान्समा डरलाग्दो अवस्था लिन सक्ने देखिएको छ ।”

उनले महामारीको दोस्रो चरण धेरै कठिन र विनाशकारी हुने देखिएकाले त्यस्तो खतरातर्फ जान नहुनेमा जोड दिए ।

नयाँ घोषणा गरिएको लकडाउन शुक्रबारदेखि लागू हुनेछ । लकडाउनसँगै छिमेकी राष्ट्रहरूसँगको सीमाना पनि बन्द हुनेछ ।

प्रवेश गराउनै परेमा स्वास्थ्य परीक्षण गर्नु पर्नेलगायतका कडा मापदण्ड बनाइएको र त्यो पालना गरेपछि मात्रै प्रवेशका लागि अनुमति दिइने भएको छ ।

भिडभाड गर्न हुन नपाइनेगरी यसअघि लगाइएको प्रतिबन्ध पनि कायमै रहेको उनले जानकारी दिए ।

लकडाउनका बेलामा रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र ठूला कारखानाहरू भने खुल्लै रहने जनाइएको छ ।

ठूला उद्योगहरू सञ्चालन गर्न विषेश व्यवस्था गरिएको र ती उद्योगहरू सञ्चालन भएपछि अर्थतन्त्र पनि धानिने उनको विश्वास छ । रासस