Rumpum Advertisement
Dazzu

विराटनगरमा एकै दिन पाँच संक्रमितको मृत्यु

विराटनगरमा एकै दिन पाँच संक्रमितको मृत्यु

विराटनगर, १३ कात्तिक । कोरोना संक्रमणका कारण विराटनगरमा एकै दिन पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विराटनगरका तीन अस्पतालमा दुई महिला र तीन पुरुषको मृत्यु भएको हो ।

विराटनगरको विराट नर्सिङहोम( विराटनगर अस्पताल)मा एक महिला एक पुरुष, न्यूरो अस्पताल विराटनगरको कोभिड १९ अस्पतालमा एक महिला एक पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजना पुरुषको मृत्यु भएको हो ।

विराट नर्सिङहोममा सुनसरी धरान उपमहानगरपालिका– १२ की ७५ वर्षीय महिला र सप्तरीको मौली– ५ का ६० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको अस्पताल प्रशासनले जनाएकाे छ ।

५ कात्तिकमा अस्पताल भर्ना भएकी धरानकी वृद्धा महिलामा ९ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । उनी ११ कात्तिकमा विराटमा भर्ना भएका सप्तरीका पुरुषमा १२ कात्तिकमा कोरोना पाजेटिभ देखिएको थियो । दुबै जनामा श्वासप्रश्वासको समस्या रहेको अस्पतालले बताएको छ ।

विराटनगरको न्यूरो अस्पतालमा दुईजनाको मृत्यु भएको छ । अस्पतालका फोकल पर्सन अजित बस्नेतका अनुसार विराटनगर महानगरपालिका– ७ की ४५ वर्षीय महिला र विराटनगर ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगर– ३ का पुरुषको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो । विराटनगर ७ की महिलाको बुधबार राति मृत्यु भएको थियो ।

३ कात्तिकमा न्यूरो भर्ना भएका विराटनगर– ३ का पुरुषमा २९ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । ७ कात्तिकमा भर्ना भएकी विराटनगर – ७ की महिलामा ६ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा झापा कनकाइ नगरपालिका– ३ का पुरुषको मृत्यु भएको छ ।

बुधबार बेलुका भर्ना भएका पुरुषको सोही दिन बिहीबार बिहानको राति मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।