Rumpum Advertisement
Dazzu

लुकाइ-छिपाइ राखेको अवस्थामा हतियार बरामद, एक जना पक्राउ

लुकाइ-छिपाइ राखेको अवस्थामा हतियार बरामद, एक जना पक्राउ

सुनसरी, १३ कात्तिक । सुनसरी भोक्राहा नरसिंह गाँउपालिका-७ बाट हतियार लुकाइराखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

आफ्नो घरमा हतियार लुकाइराख्ने र स्थानीय मानिसहरूलाई ज्यान मार्ने धाकधम्कीसमेत दिने गरेको आराेपमा सोही स्थानका २३ वर्षीय टुमासिंह यादव पक्राउ परेका हुन् ।

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार बिहान १० बजे नियन्त्रणमा लिएको थियो ।

यादवलाई नियन्त्रणमा लिएसँगै उनको घर कम्पाउण्डमा खानतलासी गर्नेक्रममा शौचालयको सेफ्टी ट्याङकीको छेउमा कालो प्लाष्टिकको झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा ७.६५७ मेड इन इन्डिया लेखिएको पेस्तोल थान-१ र २ राउण्ड गोली लोड गरिएको म्याग्जीन थान १ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका यादवमाथि हातहतियार खरखजना मुद्दामा कानूनी कारवाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।