Rumpum Advertisement
Dazzu

आज थप २३ सय ६४ जनामा कोरोना संक्रमण

आज थप २३ सय ६४ जनामा कोरोना संक्रमण

विराटनगर, १३ कात्तिक । नेपालमा बिहीबार थप २३ सय ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६९ जनाको परीक्षणमा थप २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या एक लाख ७१८ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

बिहीबार थप ३ हजार ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख २४ हजार ८६२ पुगेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ सय नाघेको छ । बिहीबार थप १७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।