birat ribon

देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग

Neuro
देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग

विराटनगर, १३ कात्तिक । नेपाली कांग्रेसले विजया दशमीको दिन देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न माग गरेको छ ।

Padelux insider
cura insider

बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पीडित विद्यार्थीको अविलम्ब उद्दार गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।

यसैगरी उनले भारतको देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात रूपले कुटिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिन आग्रहसमेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा बनिसकेको छ । नेपाल र भारत दुवै देशका विद्यार्थी एक–आपसको देशका विभिन्न शहरमा अध्यनरत छन् । जो जहाँ पढिरहेका छन्, सुरक्षित र निर्भिक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारहरूको हो ।’

देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी दसैंको दिन कुटिएका थिए ।

jackson ribon