birat ribon

खुले सरकारी कार्यालय, कर्मचारीको उपस्थिति भने न्यून

Neuro
खुले सरकारी कार्यालय, कर्मचारीको उपस्थिति भने न्यून


काठमाडाैं, १३ कात्तिक । बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । 

Padelux insider
cura insider

यो वर्षको दसैं बिदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरू खाली देखिएका छन् ।

मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबारका मन्त्रालयहरू पनि सुनसान देखिएका छन् ।

यसका साथै सिंहदरबारवरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरू पनि खाली देखिएका छन् । कोरोना जोखिमकाबीच आफ्नो घर जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ ।

दसैं मनाएर फर्किएका कर्मचारी केही दिन क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्नेबारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरू कार्यालय आउन अन्योल भएको देखिन्छ ।

यो वर्ष दशैं मनाउन काठमाडौं उपत्यकाबाट करिब ६ लाख मानिसहरू बाहिरिएका थिए । 
 

jackson ribon