birat ribon

रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

Neuro
रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

विराटनगर, १३ कात्तिक । पत्रकार रवि लामिछाने र उनकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको पीसीआर परीक्षणको रिपोर्टमा दुवैकाे पोजिटिभ देखिएको रविले सामाजिक सञ्जाल फेसबुकमार्फत रविले जानकारी दिएका छन् ।

Padelux insider
cura insider

कोरोना संक्रमण भए पनि दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन् । उनले लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धावस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

jackson ribon